दिपक राज दिर्घायु
फागुन १२ बिहीबार,२०७८
बैतडी–एमसीसीको बिरुद्धमा मेलौलीमा नेकपा माओवादी केद्रले बिरोध प्रर्दशन गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्र मेलौली नगर कमिटिको अगुवाईमा बिरोध प्रर्दशन गरिएको हो ।
एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजी गर्नुपर्ने माग अघि सारेर बिरोध प्रर्दशन गरिएको नेकपा माओबादी केन्द्र मेलौली नगर कमिटि बरिष्ट उपाध्यक्ष लोकमणि भट्टले बताए ।
मणिलेक क्याम्पस गेटबाट सुरु भएको बिरोद प्रर्दशन र्याली मेलौली बसपार्कमा कोणसभामा परिणत भएको थियो । बिरोध प्रर्दशन र्यालीमा मणिलेक माबिमा अध्यनरत कक्षा ११ र १२ बिद्यार्थी, मणिलेक क्याम्पसका बिद्यार्थीहरु र एमसीसीको बिपक्षमा रहेका स्थानिय नागरिकहरुको उपस्थिति रहेको थियो ।
बिरोध प्रर्दशन सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र मेलौली नगर कमिटि अध्यक्ष भिम बहादुर चन्दँ भुकम्पले पैशाको लोभमा राष्ट्रघाती सम्झौता पारित गर्न नहुने बताए । उनले विकासकै लागि भए नेपाल आफैले विकास गर्नुपर्ने सुझाव दिदै राष्ट्रघाती सम्झौता गर्न नहुने तर्क राखे ।
कार्यक्रममा मणिलेक माबि र मणिलेक क्याम्पसका बिघार्थीहरुले एमसिसी बिरुछ बिभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित एमसीसी खारेजीको माग गर्दै शान्तीपुर्बक नाराबाजि गरेका थिए ।