मेलौली न्यूज
फागुन १२ बिहीबार,२०७८
डडेल्धुरा–मानव अधिकार समुह नवदुर्गा गाउपालीकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बिहीबार शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को सहयोग तथा मानव अधिकार समुह नवदुर्गा गाउपालीकाको आयोजनामा सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
बिगतका दिनमा गरेका कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि उठेका सवालहरुको बारेमा छलफल गरिएको मानव अधिकार समुहका सचिब दिपक भट्टले बताए । तीन बर्ष अगाडी देखि उठेका बिभिन्न सवालहरु अहिले केही हदसम्म सुधार भएको पाईए उनको भनाई रहेको छ ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र अवास सम्बन्धी विद्यार्थी अनुपातमा दरबन्दी नहुनु, विद्यालयमा खानेपानी, शौचालय तथा घेर पर्खालको उचित प्रबन्ध नहुनु, प्रयाप्त मात्रामा चेकजाँच गर्ने मेसिन तथा उपकरणको अभाव, गाउँघर क्लिनिक नहुँनु, बजार अनुगमन नहुँनु, पसलहरुमा मुल्य सुचि नहुँनु, जनता आवास कार्यक्रम पहुचका आधारमा वितरण गरिनु र मुक्त हलियाहरुको न्यायिक पुर्नस्थापना नहुँनु, छुटपिट हलियाहरुको तथ्यांक संकलन नहुन लगायतका सवालहरु उठेको थिए ।
ति उठेका सवालहरुको समिक्ष गर्दै अहिले गाउँपालिकाबाट धेरै हदसम्म सुधार तथा सुनुवाई भएको पाईएको ईन्सेक डडेलधुराका सहजकर्ता लोकेन्द्र बिकले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रम मानव अधिकार समुह नवदुर्गा गाउँपालिका अध्यक्ष हिरा देबि ऐरको अध्यक्षता तथा नवदुर्गापालिकाका उपाध्यक्ष डम्बरी देबि ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुख एबंम प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सरोकारवाला संघ संस्थाका प्रतिनिधि एबंम उपभोक्ताहरुको सहभागीता रहेको थियो ।