मैलौलीमा सातौ मंकर संक्रान्ति खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु

दिपक राज दिर्घायु
फागुन १२ बिहीबार,२०७८

बैतडी–मेलौलीमा सातौ मंकर संक्रान्ति खुल्ला पुरुष भलिबल प्रतियोगिता बिहीबारबाट शुरु भएको छ। माहारुद्र स्पोट्र्स क्लबको आयोजनामा प्रतियोगिताको उद्घाटन गरिएको हो।

दुर्गा माध्यमिक बिद्यालय मेलौली नगरपालीका–५ खलिगाडको प्राङ्गणमा क्लबका अध्यक्ष राजबहादुर चन्दँको सभाध्यक्षमा बिभिन्न सास्कृतिक कार्यक्रमका बिच उद्घाटन गरिएको कार्यक्रमका संयोजक प्रेमबहादुर चँन्दले बताए।

खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि र राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद र मनोरञ्जनका लागि खेलकुद आवश्यक भएका कारण खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको संयोजक चन्दँले बताएका छन ।

प्रतियोगितामा १३ टिम सहाभागि भएका छन। आज पहिलो दिन खेल भएका थिए। पहिलो खेलमा आजोजक माहारुद्र स्पोट्र्स क्लब र मेलौली–०१ बिच प्रतिस्पर्धा भएको थियो। पहिलो दिनको पहिलो खेलमा आयोजक टिमलाई मेलौली–०१ ले पराजित गर्दै जित हासिल गरेको छ ।

दोस्रो खेलमा पञ्चेश्वरको टिम र मेलौली–०९ रोकटाको टिम बिच प्रतिस्पर्धा भएको थियो । जसमा मेलौली–०९ रोकटाको टिमले पञ्चेश्वरको टिमलाई पराजित गरेको छ । र तेस्रो खेलमा ढणुनको टिम र तिताबैको टिम बिच प्रतिस्पर्धा भएको थियो। जसमा ढणुनको टिमलाई तिताबैले पराजित गरेको छ ।

खेल फागुन १४ गते सम्म चल्नसक्ने आयोजकले जनाएको छ। साथै प्रतियोगिताबाट प्रथम हुने टिमलाई २३,३३३ सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धित्तिय हुने टिमलाई १४,४४४ सहित ट्रफि, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाई ८,८८८ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालीका नगर प्रमुख कृष्ण सिह नायक, बिशिष्ट अतिथि मेलौली नगरपालीका–०१ का वडा अध्यक्ष सुरत सिह नेगि, वडा न ५ का वडा अध्यक्ष बलभद्र दयाल र वडा न ६ का वडा अध्यक्ष प्रमानन्द भट्ट रहेका थिए ।

यसैगरि उद्घाटन कार्यक्रममा कलाकार मनोहर परियार, सुरेश परियार, पदम भाष्कर जोशि, अमंर भण्डारी लगायत दुर्गा माबिका बिद्यार्थीहरुको बिभिन्न मनोरञ्जनात्मक सस्कृति प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए ।

Leave A Reply

Your email address will not be published.