मेलौलीमा सात दिने ब्यवसायिक बाख्रा पालन तालीम सञ्चालन

मंगेश दयाल
फागुन १३ शुक्रबार,२०७८

बैतडी–मेलौलीमा सात दिने ब्यवसायिक बाख्रा पालन तालीम सञ्चालन भएको छ । गरिब निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम (मेडपा) मेलौली नगरपालीकाको आयोजनमा तालीम सञ्चालन गरिएको हो ।

मेलौली नगरपालीका वडा न १ का बिपन्न २२ जनालाई शुक्रबारबाट ब्यवसायिक बाख्रा पालन सिप बिकास तालीम सञ्चालन गरिएको उद्यम बिकास सहजकर्ता सुरेन्द्र ओडले बताए ।

तालीका प्रशिक्षक मेलौली नगरपालीका पशु सेवा शाखाका अधिकृत कमलापति भट्टराई रहेका छन । तालीममा सहभागी गत बर्ष छनोट भएका ब्यवसायि रहेको उद्यम बिकास सहजकर्ता ओडले बताए ।

साथै मेलौली नगरपालीकाको आयोजनामा च्याउ खेति उत्पादन सिप बिकास तालीम पनि सञ्चालन गरिएको नगरपालीकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.