सातौ मंकर संक्रान्ति भलिबलको उपाधि असिम केदारलाई

दिपक राज दिर्घायु
फागुन १५ आईतबार,२०७८

बैतडी–मेलौली नगरपालीका–०५ मा भएको सातौ मंकर संक्रान्ति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि असिम केदार युवा क्लब दशरथचन्दँ नगरपालीका–७ सुर्खालले हात पारेको छ ।

माहारुद्र स्पोर्ट क्लबद्धारा आयोजित प्रतियोगिताको आईतबार भएको फाईनल खेलमा असिम केदार युवा क्लबले प्रतियोगिताको उपाधि जितेको हो । फागुन १२ गतेबाट शुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको दोस्रो स्थान एसएसपि क्लब मेलौली–५ र तेस्रो स्थान जेबलकट्या टिम पञ्चेश्वर गाउपालीका–०५ ल्याएको हो ।

खेलको उपाधि जित्ने असिम केदार युवा क्लबले २३,३३३ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि द्रोस्रो हुने एसएसपि क्लबले १४,४४४ सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने जेबलकट्या टिम ८,८८८ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

साथै खेलमा सहभागि टिमहरु मध्ये उपाधि हात पारेको असिम केदार युवा क्लब दशरथचन्दँ नगरपालीका–७ सुर्खालका खेलाडी गोबिन्द साउद खेलकै उत्कृष्ट खेलाडि छनोट भएका छन । यस्तै खेलबाट असिम केदारकै श्याम दयाल बेष्ट ब्लकर, बेष्ट स्पाईकरमा एसएसपि टिमका गणेश चनं, बेष्ट लिप्टरमा असिम केदारका सागर जैरु, बेष्ट लिभ्रोमा असिमकै बिक्रम भण्डारी र एसएसपिका नवल धामि खेलकै अनुशासित खेलाडी छनोट भएका छन ।

छनोट भएका खेलाडीहरुलाई प्रमाण पत्रका साथ सम्मान गरिएको कार्यक्रम संयोजक प्रेम बहादुर चन्दँले बताए । प्रतियोगिताका सम्पूर्ण बिजयी खेलाडी टिमहरुलाई एक समारोहका बिच सम्मान सहित पुरस्कार बितरण गरिएको थियो ।

समापन कार्यक्रमका सभाध्यक्ष आयोजक माहारुद्र स्पोर्ट क्लबका अध्यक्ष राजबहादुर चन्दँले प्रथम पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मेलौली नगरपालीका–०१ क वडा अध्यक्ष सुरत सिह नेगि, बिशिष्ट अतिथिमा शिबनाथ गाउपालीका–५ का वडा सदस्य गम्भीर बाहादुर चन्दँ र खलिगाड माबिका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तिलक सिहँ पुजारा रहेका थिए ।

स्थानिय स्तरबाट खेलाडीहरुलाई उत्पादन गरि अन्तराट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ माहारुद्र स्पोर्ट क्लबले प्रतियोगितको आयोजना गरेको कार्यक्रम सयोजक चन्दँले रेडियो मेलौलीलाई बताए ।

Leave A Reply

Your email address will not be published.