एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन

मेलौली न्यूज
फागुन १५ आईतबार,२०७८

प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुमोदन गरेको छ ।

आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक प्रस्तावसहित प्रस्ताव अनुमोनदका लागि पेश गर्नु भएको थियो ।

बैठकले ध्वनीमतका आधारमा सो प्रस्ताव अनुमोदन गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै यस सम्बन्धी छलफल प्रारम्भ भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुको नाराबाजी र ‘वेल’ घेराउबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गर्नुभयो ।

छलफलमा नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ नेता झलनाथ खनालले दुरगामी महत्व राख्ने सम्झौताका बारेमा छलफल गर्दा सबैको सहमति हुँदा उत्तम हुने उल्लेख गर्दै एमसिसी सम्झौताका विस्तृत विवरण हेरेर मात्र छलफल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सत्तारुढ दलले एमसिसीका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीका सम्बन्धमा उहाँले यसको कार्यान्वयन गर्ने कानूनी आधार के हुने भनी प्रश्न गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको जिकिर गर्नुभयो । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गर्नुभयो । अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको उहाँले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने टिप्पणी गर्नुभयो ।

नेकपा ९एमाले० सांसद भीम रावलले राष्ट्रिय संवेदनशील विषयलाई संसद् बैठकको होहल्लाका बीच प्रस्तुत गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले एमसिसीका केही प्रावधान राष्ट्रिय हितमा नभएको टिप्पणी गर्दै सो प्रस्तावमा सहमति जनाउन नसकिने बताउनुभयो ।

कांग्रेस सांसद गगन थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पल्टाएर हेर्न आग्रह गर्दै संसद् र जनता सामु झुट नबोल्न सम्झाउनुभयो ।

नेकपा ९माओवादी केन्द्र० का सांसद देवप्रसाद गुरुङले एमसिसीका सम्बन्धमा सत्तारुढ दलहरुबीच भएको व्याख्यात्मक घोषणाकाबारे जानकारी माग गर्नुभयो । यो विशुद्ध आर्थिक सहयोग परियोजना मात्र हो भन्ने निश्चित गर्नुपर्ने उहाँको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको जिकिर गर्नुभयो । उहाँले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सम्झौता नेपालको हितमा नरहेको भन्दै विरोध जनाउनुभयो ।

संसद चलिरहँदा प्रमुख प्रतिपक्षी एमाले सांसदले वेल घेराउ र नाराबाजीलाई निरन्तरता दिएका थिए । सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जनाए पनि सम्झौताविरुद्ध उत्तेजित अभिव्यक्ति दिएका थिए ।

ईमेजखबर

Leave A Reply

Your email address will not be published.