मेलौली न्यूज
फागुन १९ बिहीबार,२०७८
बैतडी–पञ्चेश्वरका दुई विद्यालय तीन तारे विद्यालय घोषणा भएका छन । पञ्चेश्वरका गाउँपालिका–२ स्थित देवथला माध्यमिक विद्यालय बास्कु र नगार्जुन आधारभुत विद्यालय बज्वागडा तीन तारे बिद्यालय सुनिश्चितता घोषणा भएका हुन । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी मापदण्डहरू पूरा गरेपछि दुई विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।
पञ्चेश्वर गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना पञ्चेश्वरको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको देवथला माध्यमिक विद्यालयका प्रधानाध्यापक शुक्र बहादुर चन्दले बताए । उनका अनुसार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।
यस्तै नगार्जुन आधारभुत विद्यालयमा पनि खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन र प्रर्बद्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहार लभराज पन्तले बताए ।
खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ। तीन तारे घोषणा गर्न विद्यालयले चालेको कदम सर्हानीय भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका व्यवस्थापन सेनेटेसन प्रमोटर धर्म ऐरले बताए ।
देवथला माद्यमिक विद्यालय गाउंपालिकाको तेस्रो र नगार्जुन आधारभुत विद्यालय पालिकाको दोस्रो तीन तारे विद्यालय सुनिश्चिता घोषणा भएका हुन । एकै पालीकाका दुई बिद्यालय तीन तारे विद्यालय सुनिश्चिता घोषणा हुनु गाउँपालिकाका लागि खुसीको कुरा भएको गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले बताए ।
उनले यो अभियानमा साथ सहयोग गर्ने सम्पूर्णको कदम सर्हानीय भएको बताए। गाउँपालिकाले आगामी दिनमा अझैं शिक्षाको क्षेत्रमा फड्को मार्दै जाने र पञ्चेश्वर गाउपालिका लाई शिक्षाका लागि नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए ।