मेलौलीमा ७ दिने ब्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

मेलौली न्यूज
फागुन १९ बिहीबार,२०७८

बैतडी–मेलौलीमा ७ दिने ब्यवसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ । मेलौली नगरपालिका वडा न १ मा बिहीबार सात दिने ब्यवसायिक बाख्रा पालन तालीम सम्पन्न भएको छ ।

गरिब निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम (मेडपा) मेलौली नगरपालिकाको आयोजनमा तालिम सम्पन्न भएको हो । तालिममा सहभागी गत बर्ष छनोट भएका ब्यवसायि रहेको उद्यम बिकास सहजकर्ता सुरेन्द्र ओडले बताए ।

तालीममा वडा न १ का बिपन्न २२ जना बाख्रा पालन गर्ने ब्यवसायिक कर्मीहरुको सहभागिता रहेको थियो । तालीम मेलौली नगरपालिका निमित्त प्रमुख प्रशाशकीय अधिकृत नारायण बहादुर चन्दको अध्यक्षतामा र मेलौली नगरपालिका नगर प्रवक्ता तथा वडा न.१ का वडा अध्यक्ष सुरत सिंह नेगीकोे प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

साथै मेलौली नगरपालीकाको आयोजनामा च्याउ खेती उत्पादन सिप बिकास तालीम पनि सञ्चालन भईरहेको नगरपालीकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.