दिपक राज दिर्घायु
फागुन २० शुक्रबार,२०७८
बैतडी–मणिलेक माध्यमिक बिद्यालयको आमभेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर सिह भाटको अध्यक्षतामा आमभेला कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न आम भेलाबाट रामदत्त भट्टको अध्यक्षता ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको शिक्षक माहादेब ओझाले बताए । सघंको सदस्यमा अर्जुन दत्त भट्ट, वसन्ती भाट, जयराज भट्ट, सुन्नरा पोखरेल, प्रेमराम लुहार, कस्तुरी दयाल, मान वहादुर चन्द लगायत ३ जना पदेन सदस्य चयन गरिएको छ ।
भेलामा २ सय भन्दा बढि अभिभावकहरु उपस्थित रहेका थिए । बिद्यालयका प्रधानाध्यापक रमेश दत्त बागले बिद्यालयका सम्पूर्ण गतिविधिहरु अभिभावकहरुलाइ जानकारी गराइएको शिक्षक ओझाले जानकारी दिए ।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बिद्यालयको चौतर्फि बिकासका लागी बिभिन्न सुझापहरु दिएका थिए । यस क्षेत्रकै केन्द्रबिन्दुमा रहेको मणिलेक माबि बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालीका–०७ मा अवस्थीत रहेको छ ।
बिःस २००४ सालमा मणिलेक माबिको स्थापना गरिएको थियो ।