शिबनाथको कैलपाल आधारभुत विद्यालय तीन तारे घोषणा

दिपक राज दिर्घायु
फागुन २२ आईतबार,२०७८

बैतडी–शिबनाथको कैलपाल आधारभुत विद्यालय तीन तारे घोषणा भएको छ । शिबनाथ गाउँपालिका–५ स्थित कैलपाल आधारभुत विद्यालय खकलाई तीन तारे बिद्यालय सुनिश्चितता घोषणा भएको हो ।

खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

शिबनाथ गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको बिद्यालयका प्रधानाध्यापक नरि दत्त पन्तले बताए । उनका अनुसार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।

विद्यालयमा खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन प्रर्बद्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहाकार लभराज पन्तले बताए।

खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि ७४ को दोस्रो संसोधन ७६ अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.