शिबनाथ र पञ्चेश्वरमा सचेतनामुलक साँस्कृतिक महोत्सव हुदै

मेलौली न्यूज
फागुन २२ आईतबार,२०७८

बैतडी–शिबनाथ गाउपालीकाको सुल्लेखानमा र पञ्चेश्वर गाउँपालिकाको कुलाउँमा सचेतनामुलक साँस्कृतिक महोत्सव हुने भएको छ ।

पञ्चेश्वर गाउँपालिकाले सोमबार महिनावारी संग जोडिएका कुसंस्कारहरुको विरुद्ध जनचेतना जागृत गर्दै सचेतना मुलक सन्देस दिनको लागि महोत्सवको हुन लागेको हो ।

ग्रामिण जलस्रोत परियोजना पञ्चेश्वरको समुन्वय र गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा देउडा गितको माध्यमबाट सचेतनामुलक सन्देस दिइने आयोजकले जनाएको छ।

महोत्सवमा चर्चित लोक तथा देउडा गायिका एवम मर्यादित महिनावारी व्यवस्थापन सद्धवना राजदुत रेखा जोशी, वरिष्ट देवडा गाएक महेश कुमार औजी लगायतका अन्य कलाकारहरुको प्रस्तुती रहने छ ।

यस्तै शिबनाथ गाउपालीकाले मगंलबार ११२ औँ अन्तराष्ट्रि महिला दिवसको अबशरमा सचेतनामुलक साँस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

महोत्सवमा चर्चित लोक तथा देउडा गायिका एवम मर्यादित महिनावारी व्यवस्थापन सद्धवना राजदुत रेखा जोशी, वरिष्ट देउडा गाएक महेश कुमार औजी, गायक गोपाल दयाल, मनोहर परियार लगायतका अन्यकलाकारहरुको पनि प्रस्तुती रहने छ ।

Leave A Reply

Your email address will not be published.