पञ्चेश्वरको कुलाउँ माबि तीन तारे विद्यालय घोषणा

दिपक राज दिर्घायु
फागुन २३ सोमबार,२०७८

बैतडी–पञ्चेश्वरको कुलाउँ माबि तीन तारे विद्यालय घोषणा भएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

पञ्चेश्वर गाउँपालिका–३ स्थित कुलाउँ माबि तीन तारे बिद्यालय सुनिश्चितता घोषणा तथा मर्यादित महिनावारि ब्यवस्थापनका लागी सास्कृतिक महोत्सब कार्यक्रम सम्पन्न भएको हो।

पञ्चेश्वर गाउपालीका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको बिद्यालयका प्रधानाध्यापक मोति सिह मंगोलाले बताए । उनका अनुसार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १० वटा सूचक पूरा गरेर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।

विद्यालयमा खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद् जोखिम व्यवस्थापन प्रर्बद्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालयलाई तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहाकार लभराज पन्तले बताए ।

पञ्चेश्वर गाउपालीका अध्यक्ष एवम मर्यादित महिनावारि ब्यवस्थापनका लागी सास्कृतिक महोत्सब कार्यक्रमका संयोजक गोरख बहादुर चँन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरि कार्यक्रमका प्रमुख अतिथि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका टिम लिडर मेट्टे हेन्ड्रिच जुनकोभ, बिशिष्ट अतिथिमा पञ्चेश्वर गाउपालीका उपाध्यक्ष बिना भट्ट रहनु भएको थियो ।

अतिथिहरुमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका ग्रामिण अनुगमन तथा प्रतिबेदन बिज्ञ युहो हाप्पाला, परियोजनाका फिल्ड बिज्ञ एरिक सालमानेन्, परियोजनाका सामाजिक तथा सस्थागत बिकास बिज्ञ राजु तिर्वा, परियोेजनाका जलस्रोत सल्लाहकार लब राज पन्त, परियोजनाका आनिबानि तथा ब्यवहार परिवर्तन अधिकृत मंजु भट्ट, लोक तथा देउडा गायिका एवम मर्यादित महिनावारि ब्यवस्थापनकि सद्भावना राजदुत रेखा जोशि, बरिष्ट देउडा गायक महेश कुमार औजि, मनोहर परियार, पञ्चेश्वर गाउपालीका भरिका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत रहेका थिए ।

कार्यक्रममा बिद्यालयका सम्पुर्ण शिक्षक, बिद्यार्थी, सुरक्षाक्रमि, पत्रकार लगायत स्थानिय हरुको बाक्लो उपस्थिति रहेको थियो । साथै रेडियो मेलौलीबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण पनि गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.