दिपक राज दिर्घायु
फागुन २४ मंगलबार,२०७८
बैतडी–शिबनाथमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवशरमा सचेतना मूलक सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ । शिबनाथ गाउपालीका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आयोजनामा सचेतना मुलक महोत्सवको आयोजना गरिएको थियो ।
समाजिक न्याय र लैङ्किग समानता, दिगो बिकासको सुनिश्चिता, दिगो मर्यादित महिनावारिमा सबैको ध्यान सचेतनाका लागी थालौ अभियान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
महिनावारी भएको बेला गरिने विभेदको अन्त्यका लागि नारि दिबसको अवशरमा सचेतना मुलक सास्कृतिक महोत्सवको आयोजना गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहाकार लभराज पन्तले बताए ।
महोत्सबमा चर्चित लोक तथा देउडा गायिका एवम मर्यादित महिनावारि ब्यवस्थापनकि सद्भावना राजदुत रेखा जोशि, बरिष्ट देउडा गायक महेश कुमार औजि, देउडा गायक गोपाल दयाल, मनाहेर परियार लगायतका अन्य स्थानियहरुले सस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
शिबनाथ गाउपालीका अध्यक्ष कर्ण सिह साउदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरि कार्यक्रमका प्रमुख अतिथि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका टिम लिडर मेट्टे हेन्ड्रिच जुनकोभ, बिशिष्ट अतिथिमा शिबनाथ गाउपालीका उपाध्यक्ष कुष्मा चँन्द रहनु भएको थियो ।
अतिथिहरुमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका ग्रामिण अनुगमन तथा प्रतिबेदन बिज्ञ युहो हाप्पाला, परियोजनाका फिल्ड बिज्ञ एरिक सालमानेन्, परियोजनाका सामाजिक तथा सस्थागत बिकास बिज्ञ राजु तिर्वा, परियोेजनाका जलस्रोत सल्लाहकार लब राज पन्त, परियोजनाका आनिबानि तथा ब्यवहार परिवर्तन अधिकृत मंजु भट्ट रहेका थिए ।
यसैगरि कार्यक्रममा गाउपालीका भरिका वडा अध्यक्षहरु, कर्मचारिहरु, बिद्यालयका प्रधानाध्यापकहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुरक्षाक्रमि, पत्रकार लगायत स्थानिय हरुको बाक्लो उपस्थिति रहेको थियो ।
साथै रेडियो मेलौलीबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण पनि गरिएको थियो ।