मेलौलीमा अन्तर्राष्ट्रिय नारी दिवसको अवशरमा देउडा प्रतियोगित सम्पन्न

मेलौली न्यूज
फागुन २४ मंगलबार,२०७८

बैतडी–मेलौलीमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देउडा प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिकाको महिला तथा बाल शाखाको आयोजनामा मेलौली भगवती मन्दिरको प्राङगणमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा नगरपालिका भित्रका महिलाहरुले भाग लिएका थिए । जसमा झुपा भट्ट प्रथम, कमला रावत द्धितिय, झुपा भट्ट तृत्तिय र विमला पार्कीेले चौथो स्थान हासिल गरेको निर्णायक मण्डलका रमेश दत्त बागले बताए ।

प्रथम, द्धितिय, तिृत्तिय र चौथो हुनेलाई क्रमश ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद प्रदान गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख लक्ष्मी भट्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा मणिलेक माद्यमिक विद्यालय मेलौली ०७ काँणाका प्रधानाध्यापक रमेश दत्त बाग, मेलौली नगरपालिका १ महिला सञ्जालाका अध्यक्ष रुवी नायक र मेलौली नगरपालिका स्वस्थ्य शाखाका सिअहेव अधिकृत राज बहादुर चन्दले निर्णयक मण्डलको भुमिका निर्वाह गरेका थिए।

मेलौली नगरपालिका उप–प्रमुख कुमारी राधा ओझाको अध्यक्षता तथा नगर–प्रमुख कृष्ण सिंह नायकको प्रमुख आथित्यता र मेलौली नगरपालिका नगर प्रवक्ता एवम वडा न ०१ का वडा अध्यक्ष सुरत सिंह नेगीको विशिष्ट आथित्यतामा प्रतियोगिता सञ्चालन भएको थियो ।

चुलो र चौकोमा सिमीत नरही सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने उदेश्यले विबिध कार्यक्रम संचालन गरी महिलाको उत्थान हुने कार्यक्रमका प्रमुख अतिथी तथा मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकले बताए ।

यस्तै मेलौली नगरपालिकाका उप–प्रमुख एवम् कार्यक्रमका अध्यक्ष कुमारी राधा ओझाले महिलालाई आर्थिक उपार्जन तर्फ अग्रसर गराउनु पर्ने भन्दै महिला सशक्तिकरण र महिलालाई आत्म निर्भरताका लागी नगरपालिकाले विभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चाल गर्दै आईरहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा महिलाहरुको सहभागीता रहेको थियो । साथै देउडा प्रतियोगितको प्रत्यक्ष प्रशारण रेडियो मेलौलीबाट गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.