नेपाल विद्यार्थी संघ बैतडीले खटायो पालिकामा प्रतिनिधि


फागुन २८, शनिबार २०७८

बैतडी -नेपाल विद्यार्थी संघ बैतडीले जिल्लाका १० वटै स्थानिय तहहरुमा आफ्ना प्रतिनिधिहरु खटाएको छ । आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्द संघले संगठन विस्तार कार्यक्रम सम्पन्न गर्न भन्दै स्थानिय तहमा प्रतिनिधि खटाएको नेपाल विद्यार्थी संघ बैतडीका कपिल केसीले जानकारी दिनुभएको । नेपाल विद्यार्थी संघको विधान २०२७ को सांतौ संसोधन २०७५ र जिल्ला कार्य समितिको निर्णय अनुसार पालिकाहरुमा प्रतिनिधि खटाएको केसीले बताउनुभयो ।

संघले जिल्लाको सिगास गाउँपालिकामा बिरेन्द्र साउँद, गौरव चन्द र दिपेन्द्र क्षेत्री, सुर्नया गाउँपालिकामा तेज राज भट्ट र मिन बहादुर धानुक, दोगडाकेदार गाउँपालिकामा नन्दा कपाडी, प्रेम बहादुर चन्द र नरेन्द्र महरा, डिलाशैनी गाउँपालिकामा मदन नाथ, महेश खडायत र कमल बम, शिवनथा गाउँपालिकामा हर्ष साउँद, बिर बहादुर चन्द र धन बहादुर चन्द तथा पञ्चेश्वर गाउँपालिकामा केशब बहादुर चन्द, धिरज चन्द र बिरेन्द्र चन्दलाई प्रतिनिधिका रुपमा खटाएको हो ।

यस्तै पाटन नगरपालिकाको प्रतिनिधिमा नरेश बिष्ट, लोकेश चन्द, भागरथी भट्ट र लक्ष्मण भट्ट, पुर्चौडी नगरपालिकामा डिल्लीराज जोशी, हेमन्त बडु, धन बहादुर बोहरा, बाग्मती ऐर र हेमन्त साउँद, दशरथचन्द नगरपालिकामा केशब बहादुर चन्द, नरेश बिष्ट, अमर टेर र रोशन बोहरा तथा मेलौली नगरपालिकाको प्रतिनिधिका रुपमा प्रेम बहादुर चन्द, बिजय पोखरेल, प्रियंका नायक र थानेश्वर बिष्टलाई पठाएको हो । नेपाल विद्यार्थी संघ बैतडीले १५ दिन भित्र आफ्नो जिम्मेवारी निर्वाह गरी प्रतिवेदन बुझाउन पनी निर्देशन दिएको छ ।
Leave A Reply

Your email address will not be published.