मेलौलीमा भएको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि आयोजक यौङ्ग स्टारलाई

दिपक राज दिर्घायु
फागुन २८ शनिबार,२०७८

बैतडी–मेलौलीमा भएको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि आयोजक यौङ्ग स्टार क्रिकेट टिमले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा काणा क्रिकेट क्बललाई ३८ रनले पछि पार्दै प्रतियोगितको उपाधि आयोजक समेत रहेको यौङ्ग स्टार क्रिकेट टिमले हात पारेको हो ।

यहि फागुन २६ गतेबाट सुरु भएको प्रतियोगिताको उपबिजेता काणा किक्रेट क्लबको टिम भएको छ । प्रतियोगितको उपाधि जित्ने यौङ्ग स्टार क्रिकेट टिमले २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि दोस्रो हुने काणा क्रिकेट क्लबको टिमले १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ।

खेल अवधिभर १५ विकेट लिएर बेष्ट बलर मोहन भट्ट भएका छन । उनले नगद ५०० सहित प्रमाण पत्र प्राप्त गरेका छन । यसैगरि १८२ रनको योगदान दिएर बेष्ट ब्याट्सम्यान सुमिन नेगि छनोट भएका छन । उनले पनि नगद ५०० सहित प्रमाण पत्र प्राप्त गरेका छन । यसैगरि १६७ रन योगदान र ८ विकेट लिएर खेलकै म्यान अफ द सिरिज बिरेन्द्र बिष्ट भएका छन । उनले नगद १००० सहित प्रमाण पत्र प्राप्त गरेका छन ।

खेल समापन समारोहका सभाध्यक्ष एवम आयोजक यौङ्ग स्टार क्रिकेट क्लबका अध्यक्ष बलराम सिह बिष्टले उपबिजेता काणा किक्रेट क्लबको टिमलाई ट्रफि सहित प्रमाण पत्र प्रदान गरेका थिए। यसैगरि प्रमुख अतिथि रहेका जिल्ला क्रिकेट सघं बैतडीका सदस्य सुरत पार्किले बिजेता टिमलाई ट्रफि सहति प्रमाण पत्र प्रदान गरेको थिए ।
बिशिष्ट अतिथिमा मेलौली नगरपालीका नगर प्रबक्त एवम वडा न १ का वडा अध्यक्ष सुरत सिह नेगि, नेपाली कांग्रेसका पाटि प्रतिनिधि ईश्वर दत्त भट्ट र नेपाली कांग्रेस मेलौली नगर पुर्ब सभापति नरेश सिह बिष्ट रहेका थिए ।

स्थानिय स्तरबाट खेलाडीहरुलाई उत्पादन गरि अन्तराट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक यौङ्ग स्टारका पुर्ब कप्तान मंगेश दयालले बताए ।

प्रतियोगितामा आठ ओटा टिमको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.