मेलौली न्यूज
फागुन २९ आईतबार,२०७८
बैतडी–मेलौलीमा महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई आवश्यक सामग्री वितरण गरिएको छ । मेलौली नगरपालिका वडा .न १ ले महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई आवश्यक सामग्री वितरण गरेको छ।
समुदाय स्तरमा लामो समय सम्म सेवा गर्दै आइरहेका वडा भित्र रहेका १२ जना महिला स्वास्थ्य स्वयंम सेविका हरुलाई फिल्टर, झोला, टर्च, छाता, जुत्ता वितरण गरिएका वडा अध्यक्ष सुरत सिंह नेगीले बताए ।
निःशुल्क रुपमा सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका स्वयंम सेविका हरुलाई वडाले प्रोत्साहन स्वरुप आवश्यक सामग्री वितरण गरेको वडा अध्यक्ष नेगीले बताए ।
महिला स्वास्थ्य स्वयंम सेबिकाहरु प्रोत्साहन स्वरुपको सामाग्री पाए पछि खुसि भएका छन । वडाले गरेको सहयोगले आफुहरुलाई थप काम गर्ने हौसला मिलेको मेलौली नगरपालीका ०१ कि महिला स्वयंम सेविका सीता विष्टल बताईन ।
सामाग्री वितरण कार्यक्रममा वडा सचिव राज बहादुर चन्द ,मेलौली नगरपालिका स्वास्थ्य साखा संयोजक नारायण बहादुर चँन्द, वडाका जनप्रतिनिधी, समाज सेवी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।