दिपक राज दिर्घायु
फागुन ३० सोमबार,२०७८
बैतडी–मेलौलीमा वडा स्तरिय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। मेलौली नगरपालीका वडा न ७ को खेल मैदानमा वडा स्तरिय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको वडा अध्यक्ष राजेन्द्र सिह कार्किले बताए ।
वडा कार्यालयको आर्थिक सहयोग र वडा खेलकुद समितिको आयोजनामा प्रतियोगिता सोमबारबाट सुरु भएको वडा अध्यक्ष कार्किले बताए ।
खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि र राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद अनि मनोरञ्जनका लागि खेलकुद आवश्यक भएका कारण प्रतियोगिताको आयोजना गरिएकोे जनाइएको छ ।
प्रतियोगितामा वडा भित्रका ६ ओटा महिला टिम र ९ ओटा पुरुष टिम सहभागि भएका छन। प्रतियोगितमा पहिलो हुने टिमलाई ९,९,९९ सहित मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ७,७,७७ सहित मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई ४,४,४४ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने गरिने जनाईएको छ ।
प्रतियोगिता वडा खेलकुद समितिका संयोजक केशब राज ओझाको अध्यक्षतामा उद्घाटन गरिएको हो । यसैगरि प्रमुख अतिथिमा मेलौली नगरपालीका कार्यबाहक नगर प्रमुख सुरत पार्कि र बिशिष्ट अतिथिमा वडा अध्यक्ष राजेन्द्र सिह कार्कि रहनु भएको थियो ।
खेल चैत्र २ गतेसम्म सञ्चालन गरिने वडा अध्यक्ष कार्किले बताएका छन ।