सुदूरपश्चिममा चैत महिना शुरु भएसंगै भिटौलो पर्ब शुरु

मेलौली न्यूज
चैत ०१ मंगलबार,२०७८

चैत महिना शुरु भएसंगै सुदूरपश्चिममा आजदेखि चेलीबेटीलाई भेट्ने दिन शुरु भएको छ । सुदूरपश्चिममाका बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको छ । पहाडबाट तराईमा बसाई सरेकाहरु पनि भिटौलो चलन मनाउँदै आएका छन् ।

मिठो मसिनो पकाएर छोरी बहिनीहरुलाई उनीहरुकै घरमा गएर प्रत्येक बर्ष चैतको महिना भेट्ने चलन रही आएको छ । हाम्रो परम्परागत चलन अनुसार चैतको महिना दीदीबहिनीलाई भेट्ने, मिठो मसिनो पकाएर ल्याउने, दीदी बहिनीहरुका लागि लुगा कपडा ल्याउने अनि एक दुई बस्ने, दुःख सुखहरु बाड्ने चलन पहिला देखिको हो ।

चैतको महिना दीदी बहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको सस्कृतिका जानकार बताउछ । चैतको महिनामा भेटघाट गर्ने र छोरी बैनीहरुको दुखसुखका बारेमा कुराकानी गर्ने गरिन्छ ।

चैतको महिनामा माइतीबाट दाजुभाई कहिले भेट्न आउलान भनेर दिदी बहिनीहरुले पनि बाटो कुर्ने गरेका छन् । आफ्ना दाजुभाई नहुनेहरुले वल्लो पल्लो घरका दाजुभाईहरु समेत गएर भेटघाट गर्ने चलन छ । छोरी बहिनीहरु प्रतिको माया, ममता बढाउन र माइती पक्षको सम्झना मेटाउनका लागि भिटौलाका चलन चलेको रहेको छ । माइतीघरबाट पराइ घरमा रहेकी छोरी बहिनीहरु प्रति आत्मीयता दर्शाउन भिटौलाको चलन चलेको हो।

पहिला भिटौला जाँदा घरमै उपलब्ध चीज वस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ । भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहल पहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन् ।

माइतीले चैतको महिना छोरी बहिनीहरुलाई भेट्ने चलन परापूर्व कालदेखि चलि आएको हो । दाजुभाई दीदी बहिनीबीचको आत्मीय सम्बन्धको एक कडी हो भिटौलो पर्व । हाम्रो समाजमा पहिला देखि नै महिलाको उच्च सम्मान गर्ने चलन छ । त्यसै चलनको रुपमा यसलाई लिन सकिन्छ ।

सगुन खबर अनलाईनबाट

Leave A Reply

Your email address will not be published.