चैत्र ३ बिहिवार २०७८
बैतडी -जिल्लाको मेलौली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार पालिका स्तरमा खोप र सरसफाई प्रवद्र्धन सम्बन्धी स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको सहभागीतामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा मेलौली नगरपालिका का प्रमुख कृष्ण सिह नायक उपप्रमुख कुमारी राधा ओझा नगरप्रवक्ता तथा वडा न.०१ का वडा अध्यक्ष सुरत सिह नेगी विभिन्न वडाका वडअध्यक्ष कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट ,मेलौली नगरपालिका स्वस्थ्य शाखा प्रमुख नारायण बहादुर चन्द स्वस्थ्य शाखा सिअहेव अधिकृत राज बहादुर चन्द,मोहन भाट ,लगायत सम्पुर्ण स्वास्थ इन्चार्जहरुको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम मा वडा तथा पालिका अन्तर्गत सूक्ष्म योजना अद्यावधिक एई एफ आई र सरसफाइ , ब्यबस्थापन मा सुधार ल्याउने कुरा को बारेमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए ।
देशका भविष्यका कर्णधार वालवालिकाको स्वास्थ्य संग जोडिएको खोप कार्यक्रमले सफलता प्राप्त गर्नको लागी फिल्डमा काम गर्ने स्वास्थ्य कर्मिको महत्वपुर्ण भुमिका रहने चन्दले बताए ।
