चैत ३, बिहिबार २०७८
बैतडी -जिल्ला प्रशासन कार्यालय बैतडीले फागु पर्व तथा होलीको समयमा जबरजस्ती रंग नलगाउन आग्रह गरेको छ। सभ्य तरिकाले होली खेल्न आग्रह गरिएको र जबरजस्ती रंग दल्ने काम गरेको पाइएमा कारबाही हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
होलीमा रंगको नाममा जथाभावी रासायनिक पेन्ट प्रयोग नगर्न, जबरजस्ती रंग दल्ने, लोला हान्ने जस्ता काम हुने भएकाले त्यस्तो नगर्न आग्रह गरिएको छ। यस्तै मदिरा सेवन गरी जथाभावी होहल्ला नगर्न, बाटोमा होलीको नाममा पैसा असुल्ने कार्य बन्द गर्न समेत आग्रह गरिएको छ। यस्ता गतिविधिले सामाजिक सद्भावमा प्रतिकूल असर पर्नुका साथै प्रतिष्ठामा समेत नराम्रो असर पर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ, ‘हामीले गर्ने सामाजिक क्रियाकलापले नै हाम्रो सभ्यता तथा संस्कृति प्रतिविम्वित हुने भएकाले यस्ता उच्छृङखलतापूर्ण कार्यले सामाजिक सद्भावमा प्रतिकूल असर पर्नुका साथै हाम्रो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा समेत नराम्रो पार्ने भएकोले सभ्य र मर्यादित होली पर्व मनाउन अनुरोध गरिन्छ ।विनोद सिंह विष्ट…………