चैत ९, बुधबार २०७८
बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा आयोजित चुनावी प्रशिक्षण कार्यक्रममा १ सय १६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका दाबी गरिएको छ । बुधबार पालिका स्तरीय निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय १६ जना माओवादीमा प्रवेश गरेका गाउँ कमिटि अध्यक्ष रामबहादुर विष्टले जानकारि दिनुभयो । उहाँका अनुसार नेकपा एमालेबाट ५२ जना,नेपाली काँग्रेसबाट ५७ जना र राप्रपाबाट ७ जना माओवादीमा प्रवेश गरेका हुन् । नवप्रवेशिहरुलाई खादा सहित अबिर लगाएर स्वागत गरिएको गाउँ कमिटि अध्यक्ष विष्टले बताउनुभयो । पार्टीका केन्द्रिय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुवर बिजय सुन्दरको प्रमुख आातिथ्यता र सह इन्चार्ज प्रेम प्रकाश भट्ट आदित्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र बैतडीले चुनावी प्रशिक्षण कार्यक्रम गरिरहेको छ । स्थानीयतहको निर्वाचन नजिकिएसंगै माओवादी केन्द्र बैतडीले पनि जिल्लाका सबै पालिकामा प्रशिक्षण कार्यक्रम गरिरहेको माओवादी केन्द्र जिल्ला संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो । स्थानीय तहको चुनावलाइ लक्षित गरेर चुनावि प्रशिक्षण कार्यक्रम संगसंगै जनता संग भेटघाट भइरहेको उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालन गरेर स्थानीय तहको निर्वाचनका लागि पार्टीका आन्तरिक एकतालाइ सुदृढ गरि नेता कार्यकर्ताहरुलाइ सक्रिय पार्ने , मतदाताहरुसंगको सम्बन्ध सुदृढीकरण गर्ने काम भइरहेको उहाँको भनाइ छ । दोगडाकेदार गाउँपालिका , डीलाशैनी गाउँपालिकामा चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको माओवादी केन्द्रले बुधबार सुर्नया गाउँपालिकामा सम्पन्न गरेको छ ।