स्थानीय निर्वाचनमा बैतडीमा १५ दल सहभागी हुने

चैत ९, बुधबार २०७८

बैतडी– आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ वटा दल सहभागी हुने भएका छन्। निर्वाचनमा सहभागी हुन जिल्ला निर्वाचन कार्यालयमा १५ दलले निवेदन दिएका हुन्।

जिल्ला निर्वाचन अधिकारी माधव फुयालका अनुसार निवेदन दिएका दलहरू केन्द्रमा दर्ता भएको हुनुपर्नेछ। जिल्लामा निवेदन दिने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल रहेका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी समाजवादी, जनसमाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस ९वीपी०, नेपाल परिवार दल र नेपालका लागि नेपाली पार्टीले पनि निर्वाचनका सहभागी हुनका लागि निवेदन दिएका हुन्।

यसअघि विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीमा ११ दल सहभागी भएका थिए। स्थानीय तहको निर्वाचन वि।सं। २०७९ साल वैशाख ३० गते हुँदै छ, जसका लागि बैतडीमा १२९ मतदानस्थल निर्धारण गरिएका छन्। सो निर्वाचनमा जिल्लाका १ लाख ५० हजार मतदाताले मतदान गर्न पाउनेछन्।

Leave A Reply

Your email address will not be published.