बिहिवार बैतडीमा बिश्व क्षयरोग दिवस मनाईयो

चैत १०, बिहिबार २०७८
बैतडी– बिहिवार बैतडीमा बिश्व क्षयरोग दिवस मनाईएको छ । ‘क्षयरोग रोग अन्त्यका लागी लगानी बढाऔ, जीवन बचाऔ ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा दिवस मनाईएको हो। स्वास्थ्य कार्यालयका अनुसार बैतडीमा ६ सय बढीको हाराहारीमा क्षयरोगका बिरामी भएको अनुमान गरिएको छ । जसमध्ये अहिले १ सय १७ जना मात्रै उपचार गराईरहेका छन् । नेपाल सरकारले क्षयरोगका बिरामीहरुको निशुल्क उपचार गर्दै आएको भए पनि क्षयरोगका बिरामीहरुको पहिचानमा समस्या रहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभएको छ ।

क्षयरोगका बारेमा गलत धारणा हुनु, जानकारीको अभाव हुनु लगायतका कारणले क्षयरोगका बिरामीहरु स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको जोशीले बताउनुभयो । जिल्ला अस्पतालमा जिन एक्सपर्ट मेसिनबाट क्षयरोगको परीक्षण गर्ने व्यबस्था भए पनि कम मात्रामा परिक्षणका लागस् आउने गरेका छन् । क्षयरोगका बिरामीहरुले नियमित ६ महिना सम्म औषधि खानुपर्ने भएपनि बीचमै औषधि छाड्नेहरुका कारण क्षयरोग विकराल समस्या बन्दै गएको बताईएको छ । चालु आर्थिक बर्षको ६ महिनामा जिल्ला भरिमा ७७।६ प्रतिशतको क्षयरोग उपचार सफल भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जन आर्थिक बर्ष २०७६÷०७७ मा ८९ प्रतिशत र आर्थिक बर्ष २०७७÷०७८ मा ८७। ७ प्रतिशत रहेको थियो ।

Leave A Reply

Your email address will not be published.