चारै छोरालाई सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमा सम्मानित

चैत १०, बिहिबार २०७८
बैतडी–आफ्ना चारै जना छोरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने बैतडीकी एक आमालाई नेपाली सेनाले सम्मान गरेको छ । बुधवार डोटीको दिपायलमा भएको भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीको दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ योगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएको हो । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व। गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयो । धनमायाका छोराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.