चैत १०, बिहिबार २०७८
बैतडी–बैतडीको पाटनमा नेकपा माओावदी केन्द्रको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार अगामी स्थानिय तहको निर्वाचन लक्षित बिभिन्न निर्णयहरु गर्दै खोड्पेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष तर्क ठगुन्नाले जानकारी दिनुभएको छ ।
बैशाख ३० गते हुने निर्वाचनका लागी टोल टोलमा कार्यकर्ताहरु परिचालन गर्ने, माओवादीका एजेण्डाहरु नागरिक सामु लिएर जाने र बढी भन्दा बढी ठाउँमा चुनाव कसरी जित्न सकिन्छ भन्ने बिषयमा पार्टीका नेताहरुले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको नगर कमिटि अध्यक्ष ठगुन्नाले बताउनुभयो । यस्तै कार्यक्रममा नेकपा एमालेका राम सिह बिष्ट, नेपाली काङग्रेका अर्जुन महरा र समाजसेवी कविता बिष्ट लगायतले पार्टी प्रवेश समेत गरेका छन् । नगर कमिटि अध्यक्ष तर्क ठगुन्नाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबंम बैतडी जिल्ला ईन्चार्ज नरेन्द्र कुवँर बिजय सुन्दरको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रमको बिशिष्ट अतिथिहरुमा प्रदेश कमिटि सदस्य एबंम जिल्ला सहईन्चार्ज बिक्रम कुवँर प्रतिक, भुवनचन्द्र बिक शान, जिल्ला समन्वय समिति संयोजक संकर भण्डारी, जिल्ला कमिटि सचिवालय सदस्य कमल बोहरा अपी राम सिह बिष्ट लगायत रहनु भएको थियो । माओवादीले अहिले स्थानिय तहको निर्वाचनलाई मध्यनगर गर्दै जिल्लामा सक्रियता बढाएको छ । जिल्लाको डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा माओवादी केन्द्रले प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सकेको छ । शुक्रवार मेलौली नगरपालिकामा नगर स्तरीय प्रशिक्षण कार्यक्रम हुने माओवादी केन्द्र बैतडीले जानकारी दिएको छ ।