मेलौलीमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

दिपक राज दिर्घायु
चैत ११ शुक्रबार,२०७८

बैतडी–मेलौलीमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मणिलेक माध्यमिक विद्यालयको सहकार्य र जुरेश तथा बालक्लवको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

शुक्रबार नगरपालिका भित्रका ११ माध्यमिक बिद्यालयको सहभागितामा प्रतियोगिता सम्पन्न भएको मणिलेक माबिका शिक्षक माहादेब ओझाले बताए । विद्यार्थीहरुको चौतर्फी विकासका लागी प्रतियोगिता सञ्चालन गरिएको उनले बताए ।

प्रतियोगिताबाट धर्मघर मावि सलेना प्रथम भएको छ । यसैगरि सितलपुर मावि, सितलपुर द्धितीय र विशालपुर मावि, विशालपुरले तृतीय स्थान हासिल गरेको छ ।

प्रथम हुने बिद्यालयले प्रमाणपत्रका साथ ४०००, द्धितीय हुने बिद्यालयले प्रमाणपत्रका साथ ३००० र तृतीय हुने बिद्यालयले प्रमाणपत्रका साथ २००० पुरुस्कार प्राप्त गरेको छ ।

जुरेशका उपाध्यक्ष जानकि नेगिको सभापतित्वमा कार्यक्रम सञ्चालन गरिएको थियो । यसैगरि कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालीका शिक्षा शाखा प्रमुख मनु क्षेत्रि रहेका थिए ।

Leave A Reply

Your email address will not be published.