विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

मेलौली न्यूज
चैत २२ मगंलबार,२०७८

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका ४ मा रहेको रायपुर आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ ।

कक्षा ३, ४, ५, ६ र ७ मा पढ्ने ७ जना छात्राहरुमा करिब छ महिना देखि टाउको दुख्ने, एक्कासी बेहोस हुने, बर्बराउने, रिङ्गटा लाग्ने लगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ ।

हामीले धेरै प्रयास र्गयौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, नजिकैको मन्दिरमा पाठपुजा र्गयौं, धामी झाँक्रीलाई सोध्यौं, विद्यालयका प्रधानाध्यापक भरत बहादुर चन्दले भने । तर पनि उनीहरुको समस्या निको भएन । ति छात्राहरु बिद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेको तर विद्यालयबाट फर्केपछि आफैं ठीक हुने गरेको उनले बताए ।

विद्यालय गएपछि उक्त समस्या देखिने गरेको भएपनि घर फर्केपछि आफूहरु पूर्ण स्वस्थ हुने गरेको छात्राहरु बताउँछन ।

Leave A Reply

Your email address will not be published.