मेलौली ५मा एमालेबाट दयाल नै सर्वसम्मत उमेदवार

२३, चैत बुधबार, २०७८
बैतडी नेकपा एमालेले आसन्न स्थानियतहको निर्वाचनका लागि बैतडीका केहि वडाहरुमा सर्वसम्मत उमेदवार छनोट गरेको छ । सोमबार वडाहरुमा बसेको पार्टीको बैठकले उमेदवारहरु छनोट गरेका हुन् । जिल्लाको मेलौली नगरपालिका वडा न।५मा फेरी बलभद्र दयाललाई नै वडाअध्यक्षको उमेदवार छनोट गरिएको छ । दयाल मेलौली ५ का वर्तमान वडाअध्यक्ष समेत हुन् ।

उनले यसअघि २०७४को निर्वाचनमा १३ मतले चुनाव जितेका थिए । एमालेले वडा सदस्यका उमेदवारहरुमा केशवदत्त जोशी, बहादुर सिंह साउद, चन्द्र पुजारा र कमला सार्कीलाई छनोट भएको पार्टीको वडा कमिटी अध्यक्ष तिलक सिंह पुजाराले बताए । दयाल नेकपा एमाले बैतडीका जिल्ला कमिटी सचिवालय सदस्यका साथै नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य र बैतडी जिल्ला इन्चार्ज हुन् । विद्यार्थी राजनितीबाट उदाएका दयाल अनेरास्ववियुको जिल्ला अध्यक्ष हुदैँ महाकाली अञ्चल कमिटीको सचिव सम्म भएका थिए । युवानेता दयाल २०५६ सालदेखी राजनितिमा सक्रिय छन् ।
….स्टार बुलेटिन ……..

Leave A Reply

Your email address will not be published.