निर्वाचन लक्षित सुरक्षा योजना निर्माणमा बैतडी प्रशासन


२३ चैत्र बुधबार २०७८

बैतडी -स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा पनि सुरक्षा योजना निर्माण कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुरक्षा योजना निर्माणमा जुटेको हो ।

जिल्लामा निर्वाचन स्थललाई ३ भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताउनुभयो । उहाँका बैतडीमा अनुसार ३१ अतिसंवेदनशील , ३४ संवेदनशील र ६४ सामान्य गरी जिल्लामा १२९ वटा निर्वाचन स्थल रहेका छन् ।

विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको उहाँले बताउनुभयो । संघीय सरकारको स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा योजनाको आधारमो जिल्लामा तयारी गरिरहेको उहाँको भनाइ छ ।

मतदान केन्द्र , मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको छ । उहाँले भन्नुभयो ,‘ यहिँ अनुसार सुरक्षा निकाए खटाउने योजना बनाएकाछौं । भयरहित वातावरणमा निष्पक्ष निर्वाचनका लागि सुरक्षा योजनाले काम गर्ने छ । ’

जिल्लामा मतदान स्थल र केन्द्रको अवस्थाबारे जानकारी लिनका लागि सबै पालिकामा जाने तयारीमा रहेको उहाँले बताउनुभयो । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लामा २ सय ५ वटा मतदान केन्द्र छन् । बैतडीमा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका छन् ।
दिव्यास्त्र अनलाईन……..

Leave A Reply

Your email address will not be published.