नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको ज्यान गयो


चैत २८, सोमबार २०७८

काठमाण्डौ- बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे प्रदेश ३–०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक ठक्कर दिँदा पैदल यात्रु ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारी इद्रिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बाँके नर्सिङ होममा उपचारका क्रममा गएराति नै ज्यान गएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.