बैतडीका तीन पालिकामा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

मेलौली न्यूज
बैसाख ०४ आईतबार,२०७८

बैतडी–बैतडीमा सत्तासाझेदारदलहरुले स्थानीयतहको निर्वाचनमा तीन पालिकामा चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । आज बसेको सत्तागठबन्धनका दलहरुले जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् ।

२०७४ सालको निर्वाचनामा एमालेले जितेका यी तीनै पालिकामा तालमेल गर्ने निर्णय भएको नेकपा माओवादीका नेता शंकर भण्डारीले जानकारी दिए ।

सम्पन्न बैठकले पञ्चेश्वरमा कांग्रेसलाइ अध्यक्ष, समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदार गाउँपालिकामा काँग्रेसलाइ अध्यक्ष, माओवादीलाइ उपाध्यक्ष र डिलाशैनी गाउँपालिकामा माओवादीलाइ अध्यक्ष , काँग्रेसलाई उपाध्यक्ष दिने निर्णय भएको उनले बताए । अन्य स्थानीयतहमा तालमेलका लागि छलफल गर्न भोलि बिहान फेरी बैठक बस्ने बताइएको छ।

सगुन खबर अनलाईनबाट

Leave A Reply

Your email address will not be published.