दिपक राज दिर्घायु
बैसाख ०५ सोमबार,२०७९
बैतडी–बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका लागि ८ जना र उपमेयरका लागी ५ जनाको नाम सिफारिस गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदकाका लागि ८ जना र उपमेयर पदका लागि ५ आकांक्षी देखिएका हुन् ।
नगरपालीकामा सहमति हुन नसकेपछि जिल्ला कार्य समितिलाई उम्मेद्धारहरुको नाम सिफारिस गरिएको नेपाली काँग्रेस मेलौली नगर कार्य समितिका सचिब अशोक सिह बिष्टले बताए ।
बर्तमान मेलौली नगरपालीका नगर प्रमुख कृष्ण सिह नायक, प्रेम चँन्द (आगर), प्रेम चन्द (झुसिल), जनक भट्ट, सुरेन्द्र बहादुर चँन्द, श्रवण ठगुन्ना, महेश भट्ट र ईश्वर भट्टलाई मेयर पदको लागि सिफारिस गरिएको सचिब बिष्टले बताए ।
यस्तै उपमेयर पदको लागि बर्तमान मेलौली नगरपालीका नगर उप–प्रमुख कुमारी राधा ओझा, पार्वती बोहोरा बिष्ट, राजु भट्ट, सरस्वती चँन्द र हिरा चँन्दलाई सिफरिस गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठकले आकांक्षीहरु मध्ये उम्मेद्वारको टुंगो लगाउने छ । जिल्ला कार्य समितिले पनि सहमति गर्न नसके प्रदेश कार्य समितिले उम्मेद्वारको टुंगो लगाउने बताईएको छ ।