अजयमेरु गाउँपालिकालाई देशकै पहिलो बनाउने भट्ट पुनः अध्यक्षको सर्वसम्मत उम्मेदवार

बैशाख ६, मंगलबार २०७९
डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट पुनः उमेशप्रशाद भट्ट ९विकाश० अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

अजयमेरु गाउँ कमिटीको पुर्ण बैठकले अध्यक्षमा भट्ट सर्वसम्मतीले दोहोर्याउने गरि सर्वसम्मत रुपमा चयन गरेको गाउँपालिका कमिटी अध्यक्ष गणेश पाण्डेयले बताए । देशभरका स्थानीय तह मध्ये कार्यसम्पादनमा पहिलो बनाउने अध्यक्ष भट्टलाई गाउँपालिका कमिटीले उम्मेदवार बनाएको हो ।

२०७४ सालको निवार्चनमा ५ वडासहित अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी केन्द्रले फेरी उपाध्यक्षसहित केही वडाध्यक्ष समेत पुरानौ अनुहार ल्याउने संकेत गरेको छ ।

यस्तै उपाध्यक्ष र पालिकाभित्रका ६ वडामा समेत केही दिनमै उम्मेदवार टुङ्गो लगाई सक्ने माओवादी केन्द्र अजयमेरु गाउँपालिका कमिटी अध्यक्ष पाण्डेय बताए । गठबन्धन नहुने देखीएपछि माओवादी केन्द्रले एक्लै उम्मेदवार घोषणा गर्ने थालेको छ । यस अगाडी नै वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले पुनः वडा अध्यक्ष लड्ने घोषण गरिसकेको छ ।

भने वडा कमिटीले सर्वसहमतीले निर्णय समेत गरेको । वडा नम्बर १ मा एक्लै चुनाबमा गए घनघस्या माविका पूर्व शिक्षक जयराज भट्ट वडाध्यक्षको उम्मेदवार बन्ने संम्भावना छ ।
ईन्फो खबर……

Leave A Reply

Your email address will not be published.