डम्पीङ साइड बनाउन मेलौली नगरपालीकालाई ध्यानाकर्षण

दिपक राज दिर्घायु
बैसाख ०६ मगंलबार,२०७९

बैतडी–फोहरमैला ब्यवस्थापको लागि डम्पीङ साइड बनाउन मेलौली नगरपालीकालाई ध्यानाकर्षण गरिएको छ । नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवशरमा मेलौली नगर कार्य समितिले नगर पालीकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मेलौली नगरपालीकाको सदरमुकाम हरिपुर बजारमा निमार्णाधिन बसपार्क छेउमा रहेको अब्यवस्थित फोहर ब्यस्थापनका लागि डम्पीङ साइड बनाउन नगरपालीकालाई ध्यानाकर्षण गराईएको नगर सभापति बिजय पोखरेलले बताए ।

हरिपुर बजारको वरिपरि रक्सीका बोतल तथा पेटिहरु यत्रतत्र छरिएर रहेको अवस्थामा बिद्यार्थीहरुलाई बिद्यालय आवत जावत गर्दा कठिनाई भएको र पर्यावरणमा समेत पुर्ण रुपमा असर परेकाले नगरपालीकालाई ध्यानाकर्षण गरिएको उनले बताए ।

यसैैगरि नेविसंघ मेलौली नगरकार्य समितिले मणिलेक बहुमुखी क्याम्पस देखि नगरपालिकाको कार्यलय सम्म सरसफाई समेत गरेको नेबिसघं जिल्ला सदस्य प्रेम चँन्दले बताए ।

ध्यानाकर्षण पत्र

Leave A Reply

Your email address will not be published.