थप १५ जनामा कोरोना पुष्टि, ३२ जना निको


बैशाख ८, बिहिबार २०७९

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ४७ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवभिमा ३२ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय सक्रमितको सङ्ख्या दुई सय ९८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच २४ घण्टामा ३५ हजार सात सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.