बैशाख ९, शुक्रबार २०७९
काठमाडौँ- देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३३ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५१८ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८९३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् ।