बैशाख १०, शनिबार २०७९
काठमाडौं नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९आज० शनिबार बस्ने भएको छ । समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सरेको जानकारी दिए ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितुिरमा बस्ने भएको छ । शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसैगरी, काँग्रेसका उपसभापति खड्काले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित “निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति”मा सदस्यहरु मनोनयन गरेका हुन् ।
केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा काठमाडौंका लागि किरण गिरी र गणेश केसी, धनकुटामा आनन्द सन्तोषी राई, धादिङ्गमा डिपी अर्याल, कैलालीमा डिपी उपाध्याय, सङ्खुवासभामा श्याम विश्वकर्मा, स्याङ्जामा दिलिपाश्री अधिकारी र सुनसरीमा मनोज चौधरी मनोनयन गरिएको छ ।
त्यस्तै, काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले काँग्रेसका पक्षमा तयार पारिएका चुनावी सामग्रीहरु सामाजिक सञ्जालमा बुष्ट तथा विज्ञापन जनता सामु पुर्याउन सूचना जारी गरेका छन् ।