मनोनयन दर्ताका लागि पालिकामा अधिकृतको कार्यालय तयारी अवस्थामा छन् : निर्वाचन कार्यालय बैतडी

बैशाख ११,आइतबार २०७९

बैतडी -पालिका चुनाव लागि आज र भोलि हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ ।

कानुन बमोजिमको योग्यता पुगेका सबै नागरिकको उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँकतैबाट कुनै अवरोध आउन नदिन पनि आयोगले आग्रह गरेको छ ।
बैतडीका १० वटै पालिकामा अधिकृतको कार्यालय स्थापना गरिएको छ । अधिकृतको कार्यालयमा वडा सदस्य देखि वडा अध्यक्ष हुदै पालिका अध्यक्ष तथा उपाध्यक्ष र नगर प्रमुख तथा उप प्रमुख पदका दाबेदारहरुले उम्मेदवार दिन पाउने छन् ।
निर्वाचन अधिकृतको कार्यालयहरुका अनुािर तयारी पुर्ण भएको र उम्मेदवारहरुले ढुक्कका साथ मनोनयन दर्ता गर्न आग्रह गरेको छ ।

आयोगले आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।
स्टार बुलेटिन….

Leave A Reply

Your email address will not be published.