दिपक राज दिर्घायु
बैैसाख ११ आईतबार,२०७९
बैतडी–बैतडीको पञ्चेश्वर गाउपालीका–०४ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदको लागि जनक बहादुर चँन्द उम्मेदवार चयन भएका छन । वडा कमिटिको बैठकले चँन्दलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वडा सदस्यका लागि मनि दत्त भट्ट, चिमड चनं, मैना चँन्द र दलित महिला सदस्यमा बिन्दु सार्किलाई उम्मेदवार बनाउने निर्णय भएको हाम्रा सम्बादांता नरेन्द्र चँन्दले बताए ।
यस्तै तारा दत्त भट्टको संयोजकत्वमा ५२ सदस्यीय प्रचार प्रशार कमिटि गठन गरिएको चन्दले बताएका छन ।