मेलौली नगरपालिका वडा न. ५ का वडाअध्यक्ष दयालद्धारा राजिनामा, पुनः वडाअध्यक्ष लड्ने

बैशाख ११, आइतबार २०७९

बैतडी —मेलौली नगरपालिका वडा न. ५ का वडाअध्यक्ष बलभद्र दयालले पदबाट राजिनामा दिएका छन । उनले आज (आइतवार) नगर प्रमुख कृष्ण सिंह नायक समक्ष राजिनामा बुझाएका हुन । दयाल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार अध्यक्ष दयालले राजिनामा दिनुभएको हो ।

राजिनामा बुझाउँदै उहाँले पुनः मेलौली नगरपालिका वडा नम्बर ५ को उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई वडाको विकासको निरन्तरताका लागि मत दिइ विजयी गराउन आग्रह गरे । साथै नेकपा एमालेले भोलि मनोनयन दर्ता गर्ने जनाएको छ ।

Title

Short Description

Leave A Reply

Your email address will not be published.