बैतडीका ६ गाउँपालिकामा कांग्रेसले उम्मेद्वारको टुंगो लगायो

बैशाख ११, आइतबार २०७९

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसको जिल्ला संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेसका कार्यालय सचिव अनिल बिष्टले बताए ।

सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदलाई उम्मेदवार बनाएको छ । शिवनाथको उपाध्यक्ष भने गठबन्धन दललाई दिइनेछ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको कांग्रेस बैतडीले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ भने अध्यक्ष पदको उम्मेदवार भने गठबन्धन दललाई दिइएको छ ।

सगुन खबर….

Leave A Reply

Your email address will not be published.