मेलौली न्यूज
बैसाख ११ आईतबार,२०७९
बैतडी–नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीका पालीकामा उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश पाण्डेयले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टलाई उम्मेदवार बनाएको छ । पाटन नगरपालिकाको उपमेयर पदमा भने गठबन्धन दलको उम्मेदवार हुने बताइएको छ ।
यस्तै पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बमलाई उम्मेदवार बनाएको कांग्रेसले उपमेयरको भने टुंगो लगाउन सकेको छैन् । गठबन्धन दलसंग छलफल जारी रहेकाले उपमेयर पदको टुंगो लाग्न बाँकी रहेको जिल्ला कार्यसमिति सदस्य पाण्डेयले बताए ।
सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदलाई उम्मेदवार बनाएको छ । शिवनाथको उपाध्यक्ष भने गठबन्धन दललाई दिइनेछ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको कांग्रेस बैतडीले जनाएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ भने अध्यक्ष पदको उम्मेदवार भने गठबन्धन दललाई दिइएको छ ।