मेलौली खबर
बैसाख ११ आईतबार,२०७९
बैतडी–आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीको पुर्चौंडी र मेलौली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
पुर्चौंडी नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका तर्फबाट विक्रम कुँवर प्रतीक र नन्दा शाहको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत केवलीराम अधिकारीले बताए । यस्तै माओवादीका तर्फबाट वडाका प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गरेका उनले बताए ।
यस्तै मेलौली नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा भीमबहादुर चन्द भुकम्प र मनिषा दयालको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जनकसिंह बोहराले बताए । यस्तै माओवादीका तर्फबाट वडाका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् ।
यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट जितबहादुर महराले मनोनयन दर्ता गराएका छन् । जिल्लाका धेरै जसो स्थानीय तहमा मनोनयन दर्ताको काम शुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
सगुन खबर अनलाईन बाट