मेलौली न्यूज
बैसाख १३ मगंलबार,२०७९
बैतडी –नेकपा एमालेबाट मेलौली नगरपालिकाको उपमेयरका लागि टिकट पाएकी चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छैन् । राप्रपाका तर्फबाट समानुपातिकको बन्द सूचीमा नाम रहेकोले उनको उम्मेदवारी दर्ता नभएको हो ।
साउँदले राप्रपा परित्याग गरेर एमालेमा प्रवेश गरेको भएपनि बन्दसूचीमा उनको नाम भएकाले उम्मेदवारी दर्ता नभएको बताइएको छ । यद्यपि उनले पार्टी परित्याग गरेको बिषयमा निर्वाचन आयोगमा समेत जानकारी गराईसकेको एमालेका उपसचिव लोकेन्द्र भण्डारीले बताए।
एमालेले साउँदलाई नै उपमेयरको उम्मेदवार बनाएको भएपनि उनको नाम दर्ता नभएपछि हेमन्ती नायकलाई उपमेयरको उम्मेदवार बनाएको भण्डारीले बताए ।
–सगुन खबर अनलाईनबाट