दिपक राज दिर्घायु
बैसाख १३ मगंलबार,२०७९
बैतडी–नेकपा एमाले मेलौलीले वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सोमबार निर्बाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए सगै प्रतिवद्धता पत्र सार्बजनिक गरिएको मेयर पदका उम्मेदवार जगदिश सिह नायकले बताए ।
प्रतिवद्धता पत्रमा समृद्ध मेलौली निमार्णको आधार, सुशासन दिगो बिकास र रोजगार प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै नगरपालीकालाई आवश्यक पर्ने सबै कार्यबिधि, निर्देशिका, मापदण्ड र कानुनको निमार्ण गर्ने, गरिबि हटाउने, १००० बेरोजगारिलाई रोजगार सिर्जना गर्ने कुरा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
यसैगरि नगर शिक्षा निति, बिद्यालयहरुको समग्र अवस्था बिश्लेषण गरि अभिलेख तयार पार्ने, खानेपानिको ब्यवस्था गर्ने, नगरबासि सबैको स्वास्थ्य बिमा गर्ने, दरबन्दि अनुसार स्वास्थ्यक्रर्मिको नगरपालीकामा उपलब्धता गर्ने, पालिकाका सबै वडामा फोहरमैला ब्यवस्थापन केन्द्र सञ्चालन गर्ने, सबै नगरबासिलाई बिद्युतसगं जोड्ने, कृषि पकेट क्षेत्र छनोट गर्ने कुरा उल्लेख गरिएको छ ।
नगरपालीक भित्र ९ वटा नर्सरीको स्थापना गर्ने, नगरपालीकाको आन्तरिक आम्दानि चार गुनाले बृद्धि गर्ने, ३६ वटा मेलमिलाप केन्द्रको स्थापना गर्ने, आवश्यक ठाउमा तटबन्ध निमार्ण गर्ने, प्रत्येक वडा वडामा समाजिक सुरक्षा भत्ता बितरण गर्ने लगायतका कुरा प्रतिवद्धता पत्रमा समाबेस गरिएको छ ।
नेकपा एमाले मेलौलीको प्रतिवद्धता पत्र (पुर्णपाठ)







