बैतडीमा आजदेखि मदिरा सेवन र विक्रिवितरण गर्न नपाइने


बैशाख २६, सोमबार २०७९

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि बैतडीमा आजदेखि मदिराको कारोबार र सेवनमा रोक लगाइएको छ । स्थानीय निर्वाचनलाई शान्तपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि अन्तिम मतपरिणाम नआउँदा सम्मका लागि जिल्लामा मदिराको सेवन र कारोबारमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

मदिराका कारण समाजमा विभिन्न खालका घटनाहरु हुने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको उनले बताए । केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको थियो ।
प्रशासनले गरेको निर्णयका बारेमा सबै तहमा जानकारी गराईसकेको र निर्णय कार्यान्वयनका लागि सबै ठाउँमा निर्देशन दिईसकेको उनले बताए ।

आजदेखि अन्तिम मतपरिणाम नआउँदा सम्म कसैले मदिराको कारोबार तथा सेवन गरेको पाइएमा कारवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । निर्णय कार्यान्वयन भए÷नभएको बारेमा अनुगमन समेत गरिने सूचना अधिकारी भारतीले बताए ।
सगुन खबर……

Leave A Reply

Your email address will not be published.