छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत चुनाव सामग्री पठाइयो


बैशाख २६,सोमबार २०७९

दार्चुला -पालिका चुनाव लागि व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत चुनाव सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ।

जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको यस ठाउँमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत चुनावमा प्रयोग हुने सामग्री, चुनाव अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिनुभयो।

तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.