बैतडीको सुर्नया र पुर्चौडीमा काँग्रेसको सुरुवाती अग्रता

बैशाख ३१, शनिबार २०७९

बैतडी -बैतडीको सुर्नया गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ। ४७० मत गणना हुँदा अध्यक्षमा नेपाली काँग्रेसका गजेन्द्रबहादुर चन्दले २९८ मत ल्याएका छन्।

नेकपा एमालेका अम्मरबहादुर कुँवरले ६८ र एकीकृत समाजवादीका नरेन्द्र विष्टले ३१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु बोहराले १५७, नेकपा माओवादी केन्द्रका दिलाराम भट्टले ७५ र राप्रपाका देवबहादुर चन्दले ९७ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए। सुर्नयाको वडा नम्बर १ मा भने नेकपा एमाले विजयी भइसकेको छ।

यस्तै, पुर्चौडी नगरपालिकामा पनि काँग्रेसकै अग्रता छ। ५ सय मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार दीपकबहादुर बमले १८७ मत ल्याएका छन्। माओवादी केन्द्रका विक्रम कुँवरले १४४ र नेकपा एमालेका कर्ण कुवँरले १२७ मत ल्याएका छन्। उपमेयरमा नेपाली काँग्रेसकी मिना धानुकले १८०, एमालेकी जानकी सावँदले १४३ र माओवादी केन्द्रकी उम्मेदवार नन्दाकुमारी शाहले १३३ मत ल्याएकी छिन्।
दिनेश खवर………

Leave A Reply

Your email address will not be published.