बैतडीको सिगासमा नेपाली कांग्रेसको अग्रता

मेलौली न्यूज
बैसाख ३१ शनिबार,२०७९

बैतडीको सिगास गाउँपालिकामा मतगणना जारी छ । ४२८ मत गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले अग्रता लिएका छन् ।

अहिले वडा नम्बर १ बाट मतगणना सुरु भईरहेको छ । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरि सिह धामीले १५४, उपाध्यक्ष पदका उम्मेदवार सुमित्रा ऐरले १५१ मत प्राप्त गरेका छन् । नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवा जस्वीर सिह बोहराले १३४ तथा उपाध्यक्ष पदका उम्मेदवार धाना धामीले १४३ मत प्राप्त गरी पन्छयाईरहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार रोशन साउँदले ७७ र उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी चन्दले ६८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले १६÷१६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका उम्मेदवारले ९ मत प्राप्त गरेका छन् ।

वडामा पनि नेपाली कांग्रेसका उम्मेदवारले १६९ मत प्राप्त गरेका छन् ।

स्टार बुलेटिनबाट

Leave A Reply

Your email address will not be published.